राजनीति

रास्वपा बैठकमा महामन्त्री ढकालको मुखमा कालोपट्टी

पार्टीको जनमत खस्कदै गएको र यसमा सुधार गर्न कठोर निर्णय गर्नुपर्ने माग गर्दै आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी हुनुभएको छ ।

देश दौडाहाबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारेपछि विवादमा पर्नुभएका रास्वपाका प्रवक्ता समेत रहनुभएका ढकालले केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आउनुभएको थियो ।

आज बुधबार निर्धारित बैठक लाइभ नहुने भएपछि ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गर्दै मुखमा कालोपट्टी बाधेर उपस्थित हुनुभएको हो ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालको थियो ।

ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.