राजनीति

प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

मुलुकका पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीच नयाँ सत्ता गठबन्धनको सहमति भएपछि नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

कांग्रेसको ‘बटमलाइन'

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो ।

कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैभन्दा ठुला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, गर्न उपयुक्त हुन्छ, यो हाम्रो निर्णयमा आएको छ । अरु दलको समेत समर्थन घोषणा भइरहेको छ ।”

उहाँले बैठकमा दुई दलबिच पहिलो चोटी एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने सहमति अनुमोदन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.