राजनीति

प्रधानमन्त्रीले बेलुकासम्म राजीनामा नदिए एमालेले समर्थन फिर्ता लिने

नयाँ सत्ता साझेदारीको सहमति भएसंगै नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रर्शन गर्न आग्रह गरेका छन् ।

एमालेको आह्वान

दुई दलबीच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनुभएसंगै नेकपा एमालेले आज (बुधबार) साँझसम्म राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।

‘एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन । तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.