अर्थ

बैंकहरुमा अत्यधिक तरलता, राष्ट्र बैंक थप ५० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा अत्यधिक तरलता रहेपछि निक्षेप संकलन उपकरण मार्फत आज बुधबार थप ५० अर्ब तरलता खिच्ने भएको छ ।

राष्ट्र बैंकको १८ असारसम्म मंगलबारको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको २ खर्ब १९ अर्ब ७० करोड तरलता केन्द्रीय बैंकले खिचेकोमा बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ५० अर्ब तरलता खिच्न लागेको हो ।

१८ असारमा निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २९ अर्ब ७० करोड तरलता खिचेको छ ।

१८ असारको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब पुग्दा कर्जा लगानी ५१ खर्ब ५१ अर्ब पुगेको छ । औसत कर्जा निक्षेप अनुपात करिब ७९ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनका लागि चालु आव फागुनबाट स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको थियो । उक्त औजार प्रयोगमा ल्याउँदा पनि केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिचिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.