विश्व समाचार

अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।

अजिङ्गर

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको र खोजी गर्ने क्रममा उहाँलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भन्नुभयो, “उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिर्नुभएको थियो । पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।”

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन् । गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।

सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.