जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

देशको विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.