राजनीति
मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ ।
![मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठक](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/cabinet-e1688478400440.jpg)
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्