अर्थकृषि

हिमालपारीको जिल्ला मुस्ताङमा तराईमा फल्ने तरबुजा

गर्मी ठाउँमा मात्र फल्ने तरबुजा मुस्ताङ जस्तो चीसो स्थानमा फलाइएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा फल्ने तरबुजा त्यहाँ फलाइएको हो ।

तराइ क्षेत्रमा फल्ने तरबुजा समुद्री सतहदेखि दुई हजार छ सय ५० मिटरको उचाइमा रहेको मार्फामा रहेको सिसाघरमा रोपेर फल फलाइएको हो ।

गत वर्ष पनि तरबुजा रोपिएको र पहिलो प्रयोग पटक नै तरबुजा फलाइएको र अहिले थप फरक विधि प्रयोग गरेर रोपिएको केन्द्रका निमित्त केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराइको आँप सँगै तरबुजा फल्ने सोची रहेका नागरिकहरूका लागि आँप नभएर हिमालको स्याउ सँगै तरबुजा फलाउन सकिन्छ कि भनेर गरेको प्रयोग केही हदसम्म सफल भएको उहाँको भनाइ छ ।

फलफूल तथा तरकारीको अध्ययन तथा हाइब्रिड बिरुवा उत्पादन तथा अध्ययन अनुसन्धान हुने मार्फामा गरिएको परीक्षण पुनः सफल भएको उहाँको भनाइ छ ।

गत वर्ष खुल्ला र प्लास्टिक घरभित्र तथा सिसाको घरभित्र गरी तीन स्थानमा परीक्षण गरिएकोमा खुल्लामा गत वर्ष नफले पनि सिसा र प्लास्टिक घरभित्रको तरबुजा फलेको उहाँको भनाइ छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा दिनमा भन्दा रातमा तापक्रम निकै चिसो हुने भएकाले पनि वनस्पतिमा वृद्धि विकासमा चिसोले प्रतिकूल असर पर्ने देखिएकोले पनि बाहिर रोपिएको तरबुजालाई केही असहज भएको उहाँको भनाइ छ ।

तरबुजाको परीक्षण उत्पादन सफल भएकोले चिसो स्थानमा पनि तरबुजा फलाउन सकिने देखिएकाले तरबुजाको चिसो सहन सक्ने जातको खोजीमा रहेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.