जन सरोकार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कपिलवस्तु, शिवराज नगरपालिका-९ बानियाभार स्थित सडकमा लु.४३ प ७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बनकट्टा बस्ने २३ वर्षीय सन्तोष बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.