जन सरोकार

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । बझाङ, जयपृथ्वी नगरपालिका-४ गोलाई स्थित सेती नदीको बीच भागको खाली बगरमा सोही नगरपालिका-१० बस्ने ४५ वर्षीय रमेश बादी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यस्तै पर्सा, वीरगंज महानगरपालिका-१० अशोक बाटिका टोल बस्ने ७० वर्षीय प्रभु साह कानु आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोट, सूर्यगढी गाउँपालिका-५ आमभन्ज्याङ स्थित बाटोमा सोही गाउँपालिका-४ छेटन बस्ने ६५ वर्षीय यज्ञ बहादुर पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता बर्दिया, गुलरिया नगरपालिका-२ बैरियाघाटस्थित बबई नदीको बीच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यता सुर्खेत, भेरीगंगा नगरपालिका-१० बस्ने २५ वर्षीय सुनिल बादी बीरेन्द्रनगर नगरपालिका-२ चोक्टे स्थित भेरी नदीको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नुवाकोट, बेलकोटगढी नगरपालिका-८ गुरूङगाउँ बस्ने ३५ वर्षीया रिता दमाई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कास्की, पोखरा महानगरपालिका-२९ घोतघोते स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.