सगुन अमेरिकी र नेपाली कानुन अनुसार दर्ता : भ्रममा नपर्न आव्हान
विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने उद्देश्यका साथ गैरआवासीय नेपाली र केही विदेशीले लगानी गरेको सामाजिक सञ्जाल सगुनलेल आफ्ना बारेमा फैलाइएको भ्रमको पछि नलाग्न आव्हान गरेको छ ।
सगुनले एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनी अमेरिकी कानुनअनुसार सञ्चालन भएको जनाउँदै सगुनबारे फैलाइएको भ्रमको खण्डन गरेको हो । सगुन अमेरिकामा २००६ मा, भारतमा २०१७ मा र नेपालमा २०१६ मा दर्ता भएको जनाइएको छ ।
विज्ञप्तिमा सगुनले अमेरिकी शेयर बजारमा सूचीकृत भएको जनाउँदै अमेरिकामा यसले शेयर कारोबार गर्दै आएको र नेपालमा पनि सगुनले नेपाली कानुनअनुसार दर्ता गरिएको जनाएको छ ।
त्यसै गरी सगुनले नेपाली लगानीकर्ताहरुले सोझै सगुनमा लगानी गर्न नपाउने जानकारी गराउँदैलगानी गर्न चाहने नेपालीले अनलाईनबाट लगानी गर्नुपर्ने उसले बताएको छ ।
सगुनमा हाल विश्वका १ सय २० मुलुकहरुका ७० लाखभन्दा बढी प्रयोगकर्ता रहेको जनाउँदै हालसम्म विश्वभर रिबाट ४ हजारभन्दा बढीले ६० लाख अमेरिकी डलर लगानी भएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्