“प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गए”
एक दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट नेपाल आएर व्यवसाय गरिरहेका प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि यसले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।
![Sardar Pritam SIngh](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/Sardar-Pritam-SIngh-e1688537413609.jpeg)
भारतको जम्मुबाट नेपाल आएका सिंहको पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएपछि यसबारे आधिकारिक धारणा बनाउन प्रमुख प्रतिपक्षी एमालेले संसदीय दल बैठक बोलाएको छ ।
एमाले प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय रहेको र यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको बताउँदै यसको विरोध गर्न बैठक डाकेको जानकारी दिंदै प्रधानमन्त्रीको यस्तो टिप्पणी सैह्य नहुने बताउनुभयो ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर कांग्रेस लगायत सत्ता साझेदारले समेत आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्