जापान

‘द वी’ ब्याण्डले नारितामा पहिलो कन्सर्ट गर्दै

गर्मी विदाको समय पारेर जापानमा स्थापना गरिएको नेपाली ब्याण्ड “द वी”ले चिवाको नारितावासी नेपालीहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गर्ने भएको छ ।

स्थापना पश्चात विभिन्न कार्यक्रममा प्रस्तुति दिदै आएको ‘द वी’ ब्याण्डले पहिलोपटक आफ्नै व्यानरमा अगष्ट ५ तारिक शनिबारका दिन नारिता स्काईटाउन हलमा सोलो प्रस्तुति दिने कार्यक्रम संयोजक अनिस श्रेष्ठले बताउनुभएको छ ।

प्रवासमा नेपाली गीत संगीत अनि कलाकारहरुलाइ हौसला दिने उद्देश्यले आयोजना गर्न लागि रहेको सो सांगीतिक कार्यक्रममा मर्करी ब्यान्ड र जापानमा उदयमान युवा गायक एजिन राईको समेत विशेष प्रस्तुति रहने छ ।

साझ ५ बजेबाट सुरु हुने कार्यक्रमको प्रचार प्रसार तीब्र रुपमा भइरहेको र जापानबासी सबै नेपालीहरुलाइ जानकारी दिने उद्देश्यका साथ आगमी जुलाइ ८ तारिख शनिबार दिउँसो २ बजे भिन्न्तुना डाइनिङ, सिनकोइवामा पत्रकार सम्मेलन गर्न लागिरहेको कार्यक्रम ‌‌संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

जापानमा पहिलो पटक नेपाली ब्याण्डले आफै कार्यक्रम सन्चालनन गरी एतिहासिक सांगीतिक कार्यक्रम गर्न लागिरहेको हुँदा सबै जापानबासी नेपालिहरुलाइ उपस्थित भइ सहयोग गरिदिन हुन समेत आयोजकले अनुरोध गरेको छ ।

पछिल्लो समय चिवा नारिता नेपाली युवाहरूको बाक्लो वसोवास रहेको क्षेत्र बनेको छ। कार्यक्रमको मिडिया पार्टनरमा ‘नेपाल जापान डटकम’ रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.