जन सरोकार
पच्चीस लाख भन्दा बढी मुल्यको औषधी बोकेको कारसहित एकजना पक्राउ
धनुषामा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधि लिएर आएको भारतीय नम्बर प्लेटको कारसहित एकजनालाई पक्राउ गरिएको छ ।
जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ ।
बी.आर. ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्