राजनीति

संविधान संशोधनमा सबै दलको सहयोग जरुरी छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताउनुभएको छ ।

महामन्त्री थापा

बिहीबार नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनमा उहाँले नयाँ सरकार गठनपछि संविधान संशोधन हुने र यसका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायतका दलको सहयोग आवश्यक हुने बताउनुभयो ।

उहाँले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पनि फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने बताउनुभयो ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य राजिव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.