खेलफूटबल

इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

कोपा अमेरिका

एनआरजी स्टेडियममा भएकोलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको समय दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो ।

अर्जेन्टिनाको लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टीमा गोल गर्दा कप्तान लियोनल मेस्सीको प्रहार भने पोस्टको माथिल्लो बारमा लागेर बाहिरिएको थियो । इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार अर्जेन्टिनी गोल किपर इमिलियानो मार्टिनेजले रोके ।

त्यसअघि खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले एलेक्सिस म्याक एलिस्टरको पासमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ६२औं मिनेटमा इक्वेडरले खेललाई बराबरीमा ल्याउने मौका पाएको थियो । तर, इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोन येबोहको पासमा केभिन रोड्रिग्जले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.