राजनीति

एसइईमा मौका परीक्षा दिने विद्यार्थीलाई ओलीको अनलाइन कक्षा (भिडियोसहित)

एसइई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइन कक्षा सञ्चालन गर्नुहुने भएको छ ।

अध्यक्ष ओली

अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराउनुभयो ।

एसइई परीक्षमा उत्तीर्ण विद्यालाई सम्मान गर्न विहिबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उहाँले आत्मविश्वासका साथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीए ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गर्नुभयो ।

हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उहाँले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाव दिनुभयो । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.