विश्व समाचार

भूमध्यसागर पार गरेर युरोप जाने क्रममा ३० हजार आप्रवासीको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा पछिल्लो एक दशकमा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा करिब ३० हजार आप्रवासी मृत वा बेपत्ता घोषित भएको बताइएको छ ।

शरणार्थी र आप्रवासीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अनुगमन समूह मिक्स्ड माइग्रेसन सेन्टरको एक प्रतिवेदन अनुसार अफ्रिका स्थलमार्गमा चरम हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्नुपरेको उल्लेख गरिएको छ ।

शरणार्थी र आप्रवासीहरूसँग ३१ हजारभन्दा बढी अन्तर्वार्ताको आधारमा तयार रिपोर्टले २०२० जनवरीदेखि सन् २०२४ मेको बीचमा सहारा मरुभूमि पार गर्ने क्रममा एक हजार १८० व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका लरेन्स हार्टले जेनेभामा पत्रकारसँग कुरा गर्दै मरुभूमिमार्गमा दैनिक पाँच जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो । यी सङ्ख्याहरू एक विशाल अवमूल्यन भएको विश्वास गरिन्छ ।

– यातना, अपहरण, बलात्कार –

तथ्याङ्कको अभाव भए तापनि प्रतिवेदन तयार पार्न खटेका निकायहरूले प्रत्येक वर्ष हजारौंको मृत्यु हुने गरेको बताएका छन् ।

“मरुभूमिमा शरणार्थी र आप्रवासीको मृत्यु समुद्रमा हुनेभन्दा दोब्बर भएको अनुमान गरिएको छ,” उनीहरूले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मध्य र पश्चिमी भूमध्यसागरका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोचेटेलले भन्नुभयो, “साहारा पार गर्ने सबैका लागि, तपाईंले शवहरू देखेको, फ्याँकिएको प्रमाण पाउनुहुन्छ । सहारा पार गरेका सबैले मरुभूमिमा मृत्यु भएका मानिसहरूबारे बताउन सक्छन् ।”

हिँडडुल गर्नेहरूले यातना, फिरौतीका लागि अपहरण, मानव बेचबिखन, यौन हिंसा, डकैती, स्वेच्छाचारी हिरासत र सामूहिक निष्कासनको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

मरुभूमि पार गर्ने आप्रवासीहरूलाई प्रायः मानव तस्करहरूले मरूभूमि क्षेत्रमा अलपत्र छोड्ने गरेको र बिरामी हुनेहरूलाई कहिलेकाहीं पिकअप ट्रकमा राखि फ्याँकिने गरेको पनि विवरणमा उल्लेख छ ।

“यो मार्गका केही देशहरूमा मानिसहरूले अकल्पनीय भयावहताको सामना गर्नुपरेको तर जोखिमपूर्ण भूमि पार गर्ने प्रयास गर्ने मानिसहरूको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.