जापान

एनआरएनए जापानले नोभेम्बरमा १४ औं नेपाल फेस्टिवल गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले आगामी नोभेम्बरमा १४ औं नेपाल फेष्टिवल-२०२४ गर्ने भएको छ ।

एनआरएनएले एक विज्ञप्ति मार्फत आउँदो नोभेम्बर ३० र डिसेम्बर १ तारिखमा टोकियोस्थित नाकानो सिकिनोमोरी पार्कमा नेपाल फेष्टिवल गरिने भएको हो ।

जापानमा नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको जनाइएको छ ।

नेपाल फेष्टिवललाई जापानबासी नेपालीको अपनत्व हुने गरी व्यवस्थापन गर्नका लागि गत जुलाई ३० मा जापानमा रहेका संघ सस्था सरोकारवाला निकाय, एनआरएनएका अभियन्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार लगायतको उपस्थितिमा अन्तरक्रियात्मक बैठक सम्पन्न गरिएको छ ।

बैठकमा नेपाल फेष्टिवलको आयोजकको सन्दर्भमा सबैको अस्तित्वलाई स्वीकार गरी अपनत्व हुने गरी गरिनुपर्ने, स्टलको व्यवस्थापन गर्दा खानाको विविधता हुने गरी गरिनुपर्ने, अनुशासनलाई विशेष ख्याल गरिनुपर्ने लगायतका महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.