जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा, महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान, त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.