जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सुनसरी, इनरूवा नगरपालिका-७ बरछवा बस्ने ५० वर्षीय झरीलाल मण्डल सोही ठाउँ स्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै झापा, मेचिनगर नगरपालिका-६ मेचिखोला स्थित खोलाको किनारमा भारत दार्जिलिङ लालिजोर बस्ने करिब ५० वर्षीय सुकपल हेमरन बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका-१५ निलकोठी स्थित धुलाबारी भद्रपुर सडक खण्डको नालीमा सोही ठाउँ बस्ने ६५ वर्षीय डेनु बेस्रा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी झापा, मेचिनगर नगरपालिका-६ शान्ति गाउँ डेरा गरी बस्ने सोही ठाउँ घर भएकी करिब ४७ वर्षीया सबिता दर्जी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै नवलपरासी पश्‍चिम, पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने ३६ वर्षीय नारायण यादव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.