जन सरोकार

ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१ म्यारियट होटल स्थित सडकमा बा.२ ख ९६२३ नम्बरको ट्याङ्करले बा.प्र.०२-०४३ प २१२९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.