जन सरोकार

सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

रूपन्देही, रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७ तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेलो धातुले बनेको २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गरगहनासहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.