जापान
आतामीमा भूस्खलन चारजनाको मृत्यु, दर्जनौं वेपत्ता
जापानको पर्यटकीय नगर आतामीमा भएको भूस्खलनका कारण चारजनाको मृत्यु भएको छ भने अझै ८० जना हराइरहेका छन् । घटनामा परी हराइरहेकाहरुको खोजी तथा पीडितको राहतका लागि उद्धारकर्मीहरुको व्यापक मात्रामा परिचालन गरिएको छ ।
भूस्खलनका कारण शहरको खानेपानी आपूर्ति बन्द भएको छ भने सडकहरु क्षतिग्रस्त हुँदा यातायात अबरुद्ध भएको छ । सयौं मानिस घरबारविहीन भएका छन् ।
सिजुओका प्रान्तका अधिकारीहरुका अनुसार शनिबार बाढीकै शैलीमा तीब्रगतिमा आएको लेदोका कारण करीब १ सय ३० वटा घर तथा भवनहरु बगाएको छ । सोमबार बगेका दुईजनाको जीवितै उद्धार गरिएको छ ।
अधिकारीहरुका अनुसार ध्वस्त भएको सो क्षेत्रमा २ सय १५ जना रहने गरेका थिए । यिनमा अहिलसम्म १ सय ३५ जना सम्पर्कमा आइसकेका छन् भने अझै ८० जना वेपत्ता छन् ।
प्रतिक्रिया राख्नुहोस्