जन सरोकार
टेलिभिजनको नाममा अश्लील सामाग्री प्रसारण
नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गरी समाजमा अश्लिलता फैलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ लामालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्