माओवादीले बजेटका विषयमा एमालेसंग छलफल गर्ने
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ ।
बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन गर्ने सहमति गरेको हो ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको र सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्दै अर्थमन्त्री शर्माका विषयमा चौतर्फी आलोचना हुन थालेपछि यसबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको हो ।
बुधबारको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्