जन सरोकार
कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए
विगत तीन वर्षदेखि बाँकेको नेपालगञ्जस्थित कारागारमा कैद सजाय भोग्दै आएका एक कैदी शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बिहिबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्