क्रिकेटखेल

टी-२० एसिया कपमा सहभागी हुने एपिएफका क्रिकेट खेलाडीको बिदाइ

सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई शुक्रबार बिदाइ गरेको छ ।

एपिएफका क्रिकेट खेलाडीको बिदाइ

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकाना दिनुभएको छ ।

समारोहमा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पुर्याउन सकिने बताउनुभयो । उहाँले खेलाडीहरुको वृत्तिविकासका लागि सङ्गठन सदैव तत्पर रहेको बताउनुभयो । बिदाइ हुने खेलाडीमा सीता रानामगर, राजमती ऐरी, इन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.