प्रदेशसुदूरपश्चिम

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट शुक्रबार ह्याक भएको छ ।

कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले वेबसाइट ह्याक भएको जानकारी पाउना साथ काठमाडौँस्थित सूचना प्रविधि विभागमा खबर गरेर साइट ‘रिकभर’ गर्ने प्रयास गरिएको बताउनुभयो ।

“कार्यालयको वेबसाइट खोल्दा क्याप्टन स्मोकर थ्रीआर भन्ने कुकिजले ह्याक गरेको देखाउँछ”, जोशीले भन्नुभयो, “बिहानदेखि कार्यालयको वेबसाइट बन्द हुँदा सूचना राख्ने र हेर्नेलगायत काममा बाधा पुगेको छ, साँझसम्म रिकभर हुन सकेको छैन ।”

वेबसाइटको ‘सेक्युरिटी लक’ को व्यवस्था नगर्दा ह्याकरलाई वेबसाइट ह्याक गर्न सहज हुने प्रविधिक्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.