खेलफूटबल

पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा

फ्रान्स युरो कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।

फ्रान्स युरो कपको सेमिफाइनलमा

जर्मनीको ह्यामबर्गमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।

पेनाल्टीमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । यता फ्रान्सका लागि भने सबै खेलाडीले गोल गरेका थिए । अब प्रतियोगिताको फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन भिड्ने छन् । शुक्रबार राति भएको खेलमा स्पेनले आयोजक जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.