जन सरोकार

नारायणी बस्तीमा पस्यो, नदी प्रवाह खतराको तहभन्दा माथी (भिडियोसहित)

नारायणी नदीमा आएको बाढी बस्तीमा पसेको छ । केही दिनदेखि अविरल परेको वर्षापछि शनिबार नदीमा आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

वडाध्यक्ष प्रकाश सापकोटाका अनुसार यहाँ बर्सेनि बाढी पसेर क्षति पु¥याउने गरेको छ । बाढीबाट प्रभावितहरु छिमेकीको घर तथा सामुदायिक भवनमा बसेका छन् ।

बाढी प्रभावितहरुलाई खानाको लागि आफूले समन्वय गरेको भन्दै उनीहरुलाई स्थानीय क्याटरिङ व्यवासयीसँगैका सहकार्यमा खाना खुवाउने तयारी गरेको सापकोटाले बताउनुभयो ।

“नदीमा आएको बाढी बर्सेनि बस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेको छ, यसको समाधानका लागि केन्द्रीय बजेट आवश्यक पर्छ” उहाँले भन्नुभयो, “पारि भरतपुरमा त्यति राम्रोसँग व्यवस्थापन गरिएको छ । तर, हाम्रो गैँडाकोटमा भने सामान्य बाढी आउँदा पनि स्थानीय प्रभावित हुने गरेका छन् ।”

यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रकाअनुसार नदीमा पानीको सतह ९ दशमलब ८४ मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतरा मानिन्छ ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । नदीको बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ ।

विशेष गरी गैँडाकोट नगरपालिकाको वडा नम्बर २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नम्बर २, ३ नदीमा आउने बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.