खेलफूटबल

दशरथ रंगशालाको विकल्प हुने कर्णाली प्रदेश रंगशाला

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रंगशाला अन्तर्राष्टिय फूटबलका लागि निकै उपयोगी हुनेछ ।

काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालामा पिफा र एएफसीका मान्यता प्राप्त खेल खेलाउन योग्य नरहेको आरोप लागिरहेका बेला वीरेन्द्रनगर रंगशाला राम्रो विकल्प हो ।

वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको छ ।

यो रंगशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। राष्ट्रिय खेलकूदपछि यहाँ नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रयिोगिताहरु पनि संचालन हुन योग्य रहेको छ ।

नेपालमा फुटबल तथा क्रिकेटका रंगशाला नहुँदा खेल प्रभावित भैरहेका बेला वीरेन्द्रनगरमा बनिरहेको प्रदेश रंगशालाले खेलकूदलाई संघीयताको मर्म अनुरुप विकेन्द्रीकृत गर्न सघाउ पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.