जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेके छन् । रौतहट, माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै इलाम, रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोम माया राई सोही ठाउँ स्थित भिर तल खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै गुल्मी, मदाने गाउँपालिका-३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी धुर्कोट गाउँपालिका-७ गोलपोखरी स्थित खरबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता दैलेख, भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थ बहादुर महतरा दुल्लु नगरपालिका-११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा आइतबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.