जन सरोकार

रोजगारीको आश्वासनमा जवर्जस्ती यौनधन्दामा लगाउने युवती पक्राउ

बिराटनगरमा महिलाहरुलाई रोजगारीको आश्वासन दिएर जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवततीलाई पक्राउ गरेको छ ।

महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो ।

चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेका थिइन ।

प्रहरीले विराटनगर ११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले उद्धार गरिएका युवतीहरुमा काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना र झापाका २ जना रहेका छन् ।

ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए । होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।

चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी छ । उद्दार गरिएका केही महिलाको शरीरमा चोटपटक पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । चुँडाल पक्राउ परेपनि साह भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.