जन सरोकार

डुबेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । झापा, झापा गाउँपालिका-२ सडकबारी बस्ने रहमान आलम मियाको छोरा ३ वर्षीय दिलसाद आलम मियाको सोही ठाउँ स्थित सानो माई खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको स्थानीय स्वास्थ्य चौकी हुँदै कन्काई अस्पताल सुरूङ्गामा थप उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै धादिङ, गंगाजमुना गाउँपालिका-३ घर भई निलकण्ठ नगरपालिका-१२ साङकोष बस्ने २४ वर्षीय साजन सिंखडाको सोही ठाउँ गौतीफाँट स्थित थोपलखोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल धादिङबेसीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै काभ्रे, रोशी गाउँपालिका-१ सानो भुक्देउ बस्ने ४५ वर्षीय कमल विकको सोही ठाउँ स्थित सानो भुक्देउ खोलाले बगाएर आइतबार राति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.