राजनीति
नेपाल हिन्दूराष्ट्र स्थापित हुन्छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गर्नुभएको छ ।
पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताउनुभयो ।
हिन्दूराष्ट्रको वकालत गर्ने पार्र्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उहाँले आगामी दिनमा सम्वद्र्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्त बन्ने जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले सम्वद्र्धनवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्