विश्व समाचार
प्रदर्शनकारीहरुले भवन घेरेपछि राष्ट्रपति गोतबाया वेपत्ता
चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको समस्या समाधानमा कुनै चासो नदिएको भन्दै शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भाग्नुभएको समाचार छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले श्रीलंकाली सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भाग्नुभएको हो ।
श्रीलंकाकै समाचार पत्र डेली मिररले पनि प्रदर्शनकारीहरू राष्ट्रपतिको घर प्रवेश गरेको बताएको छ । राष्ट्रपति कहाँ जानुभएको छ भन्ने खुलेको छैन।
प्रदर्शनकारीहरूले गत मार्च यता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन् । श्रीलंकामा आर्थिक संकट आएदेखि उहाँको राजीनामा माग्न थालिएको हो ।
प्रतिक्रिया राख्नुहोस्