राजनीति

मुकुललाई साधारण सदस्यबाट निष्काशन गर्न सिफारिश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपाको अनुशासन आयोगले सिफारिस गरेको छ ।

डा मुलुक ढकाल

गत बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

लमहामन्त्री ढकालले आफ्नो देश दौडाहाको प्रतिवेदनमा पार्टीमा सभापति रवि लामिछाने हावी भएको, जथाभावी बोलेको, कुरा अनुसार काम गर्न नसकेको लगायतका कमजोरीहरु औंल्याउनुभएको थियो ।

केन्द्रीय कमिटी बैठकमा ढकालले आफ्नो प्रतिवेदन पेश नगरी मुखमा कालो टेप बाँधेर बस्नु, बैठकमा पेश गर्नुपर्ने प्रतिवेदन संचार माध्यममा दिएर अनुशासनहीन काम गरेको आरोप लागेको छ ।

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

रास्वपा बैठकमा महामन्त्री ढकालको मुखमा कालोपट्टी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.