जन सरोकार

धमाधम निर्माण हुँदैछ मुलुककै पहिलो फ्लाइओभर (भिडियोसहित)

राजधानी काठमाडौंको चक्रपथ सडक खण्ड अन्तर्गत ग्वार्कोमा मुलुककै पहिलो फ्लाइओभर निर्माण भैरहेको छ । कहिले डिजाइन परिवर्तन त कहिले के भन्दै अवरोध भैरहेको फ्लाइओभर अब भने अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ । ८० प्रतिशत काम सम्पन्न भएको छ ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नरेश शाक्यका अनुसार मनसुनले अवरोध नगरे असारभित्र काम सम्पन्न गर्ने र साउनदेखि सञ्चालनमा ल्याउने तयारी रहेको बताउनुभएको छ ।

फ्लाइओभर संचालनमा आएपछि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकमा सञ्चालन गरिनेछ ।

२०७८ फागुन १२ गते कूल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ (भ्याटसहित) सडक विभाग मातहत फ्लाइओभर ठेक्का सम्झौता भएको थियो ।

उपत्यकाको सबैभन्दा बढी जाम पर्ने ग्वार्कोमा जाम हटाउन ओभरपास निर्माण गरिएको हो । यसअघि कलंकीमा अण्डर पासवे निर्माण गरिएपछि सो क्षेत्रको जाम हटेको थियो ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.