राजनीति

मुकुल ढकाल रास्वपाको पदीय जिम्मेवारीबाट निस्काशित, पुनरावेदन गर्न ३५ दिनको समय

रविको पार्टीबाट जनताको स्वतन्त्र पार्टी बनाउने सङ्कल्प र घण्टी बज्न नरोकिने ढकालको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सस्थापक महामन्त्री डा. मुकुल ढकाललाई पार्टी अनुशासन समितिको सिफारिश अनुसार सबै पदीय जिम्मेवारीबाट हटाएको छ ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो ।

सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

पार्टीबाट निष्काशित भएपछि डा. ढकालले आफू सभापति रवि लामिछानेको क्लवबाट मात्रै निष्काशित भएको प्रतिक्रिया दिंदै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’ ।

डा. ढकालले भोलि बुधबार आफ्ना सबै धारणा सार्वजनिक बताउनुभएको छ । केन्द्रीय समिति बैठकले ढकालको साधारण सदस्य भने कायमै राख्ने निर्णय भएको कार्यबाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।

पार्टीले डा ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय पनि दिइएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदन दिन सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.