अर्थ

यातायात व्यवसायी भन्छन्- "तत्काल गाडी सडकमा निकाल्ने अवस्था छैन"

yatayat

yatayat

सरकारले आवश्यक स्वास्थ्य सुक्षा प्रबन्ध गरी तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडामा सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले भने तत्काल यातायात संचालनको अवस्था नरहेको बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले व्यवसायीसँग तीन महिनादेखि थन्किएको गाडी ग्यारेजबाट निकाल्ने हैसियत नभएको बताउँदै गाडीमा अनगिन्ती प्राविधिक समस्या रहेको र त्यो समस्या हटाउने पैसा समेत व्यवसायीसँग नभएको बताउनुभएको छ ।

यातायातंचालनका लागि गाडी मर्मत गर्नुपर्ने र यसका लागि सरकारले पुनर्कर्जाको व्यवस्था मिलाउनु पर्ने सिटौलाको माग छ । उहाँले कोही व्यवसायीले पैसाको व्यवस्थापन गरे पनि बनाउने मेकानिक गाउँमै छन् कसरी बनाउने भन्दै प्रश्न समेत गर्नुभएको छ ।

सरकारले सरोकारवाला यातायात व्यवसायीसँग सल्लाह समेत नलिई निर्णय गरेकोले व्यवसायीले तयारी गर्न समय नपाएको बताउँदै सिटौलाले यातायात मजदुर र यात्रुको स्वास्थ्यको बारेमा सरकारले चासो नदिएको आरोप समेत लगाउनुर्भको छ ।
उहाँको प्रश्न छ “मजदुरको स्वास्थ्य बीमा कसले गरिदिने ? स्वास्थ्य सुरक्षाको उपकरण कसले दिने ? भोलि कसैलाई संक्रमण भयो भने त बदनाम हुने सार्वजनिक यातायात नै भएकाले सरकारले भन्दैमा चलाउन सकिंदैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.