जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा झापा, बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्