खेलफूटबल

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको सेमिफाइनलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

जर्मनीको म्युनिख रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको नवौं मिनेटमै फ्रान्सका केलियन एम्बाप्पेको पासमा रन्डल कोलो मुएनीले आकर्षक हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१ औं मिनेटमा लामिन यमलको गोलमार्फत स्पेनले खेल बराबरीमा ल्यायो । यो गोलसँगै उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । उनले १६ वर्षको उमेरमै गोल गरेका हुन् ।

त्यस्तै खेलको २५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म उक्त अग्रता नै स्पेनलाई फाइनल पुग्न पर्याप्त रह्यो । अब स्पेनले उपाधिका लागि इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ । इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति १२:४५ बजे हुनेछ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.