खेलफूटबल

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र लियोनल मेस्सीले समान १-१ गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको एकतर्फी खेलमा खेलको २२ औं मिनेटमा रोड्रिगो जाभियरको पासमा अल्भारेजको गोल मार्फत अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १-० मा सकिएको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो ।

खेलको ५१ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल अर्जेन्टिनाले २-० ले जित्दै केपा अमेरिकाको फाइनलमा स्थान दुरक्षित गर्यो । अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.