राजनीति

नेपाल बाहेक अन्य कुनै मुलुकको नागरिकता लिएको छैन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले कुनै पनि युरोपेली मुलुकको नागरिकता नलिएको र त्यस्तो नागरिकता कुन प्रक्रियाद्वारा लिन सकिन्छ भन्नेबारे जानकारी पनि नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै पत्र काटेपछि त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो मार्फत मन्त्री श्रेष्ठले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको स्पष्ट पार्नुभएको छ ।

मन्त्री श्रेष्ठले ययसबारे जानकारी दिंदै आफूले पोल्याण्डका नागरिकसंग विवाह गरेका कारण कुनै युरोपेली देश भने पनि पोल्याण्डको नागरिकता लिएको भन्ने भ्रम फैलाइएको हुनसक्ने बताउनुभएको छ ।

उहाँले आफू जति महिना मन्त्री भए त्योभन्दा कम समय मात्र पोल्याण्डमा बसेको र आफू बसेको अवधिले त्यहाँको नागरिकता लिन नसकिने बताउँदै त्यसको प्रक्रिया समेत थाहा नभएको बताउनुभएको छ ।

सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको भन्दै उहाँले भन्नुभयो , ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु ।’

मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा भन्नुभएको छ- ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।

आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला । युरोपियन देशको पी आर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केहि प्रकाश पारिदिनुहुन्छ कि !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.