राजनीति

सांसदका प्रश्नको उत्तर दिन सरकारलाई सभामुखको रुलिङ

जनताका प्रतिनिधिमूलक थलो संसदमा जनताका आवाज बोल्ने सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिनुसाटो मन्त्रीहरु संसदमै उपस्थित नहुने गर्दा सभामुलले पटकपटक रुलिङ गर्नु परेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा ससम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

सभामुख सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाउनुभएको थियो ।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.