जन सरोकारस्वास्थ्य

दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज थपिए १ सय ६८ जना

नेपालमा केही दिनयता कोरोना सङ्क्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । आज सोमबार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ६८ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार तीन हजार २० जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा १६८ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एक हजार ८३४ जनाको आरटी पिसिआर गर्दा १२९ जनामा र एक हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

आइतबार परीक्षण गरीएका मध्ये ५.५६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ८२ जना काठमाडौंमा रहेका छन् ।

२४ घण्टामा ३७ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । २४ घण्टामा ३५ हजार ४०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ४५३, भक्तपुरमा आठ, ललितपुरमा ६२ जना सक्रिय सङ्क्रिमत रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ७४९ जना होम आइसोलेसनमा, २१ जना अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १२ जना आइसीयू र एकजनाको भेन्टिलेटरमा रहेका छन् । यसअघि आइतबार १२१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.