खेलफूटबल

नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनल प्रवेश गरेको हो ।

इंग्ल्यान्ड युरोकपको फाइनलमा

जर्मनीको डर्टमुन्डमा भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सका लागि जाभी सिमोन्सले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर खेलको १८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबारीमा सकिएको खेलमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेको सब्सटिच्युट ओली वाट्किन्सले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाउँदै टिमलाई लगातार दोस्रो पटक फाइनलमा पुर्याए ।

अब इंग्ल्यान्डले उपाधिका लागि आइतबार स्पेनसँग बर्लिनमा खेल्नेछ । स्पेन फ्रान्सलाई हराएर फाइनल प्रवेश गरेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.