जन सरोकार

राससले अब भिडियो सेवा पनि सञ्चालन गर्ने

राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो ।

श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईंले हस्ताक्षर गर्नुभयो ।

नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरुसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोध बमोजिम सञ्चालन हुन लागेको रासस भिजुअल सेवा रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित राससमा हाल नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरु, तस्बीर र अडियो सेवा सञ्चालित छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.