जन सरोकार
एसइई नतिजामा ढिलाई, साउन पहिलो हप्ता सार्वजनिक हुने
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसअघिको तुलनामा केही ढिलो हुने भएको छ । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले यसपटक साउन पहिलो हप्ता सार्वजनिक हुने बताइएको छ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने बताउँदै सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्